• ट्रेण्डिङ्ग :
निरन्तर कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

निरन्तर कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट


  • 3.6K
    SHARES
    • कार्तिक ८, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 5.5K Views

    निरन्तर कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

    काठमाडौं, ०८ कात्तिक । नेपाली बजारमा साताको पाचौं आज बिहीबार सुनको मूल्य घटेको छ । विगत एक सातादेखि निरन्तर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज तोलामा ७ सय रुपैयाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यो दिन चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला २ हजार ९५ रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी २ हजार १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा