• ट्रेण्डिङ्ग :
‘सरकारले विकासमा तीव्रता दिनुपर्ने’ : डा कोइराला

‘सरकारले विकासमा तीव्रता दिनुपर्ने’ : डा कोइराला


  • 3.1K
    SHARES
    • कार्तिक ८, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.7K Views

    ‘सरकारले विकासमा तीव्रता दिनुपर्ने’ : डा कोइराला

    विराटनगर, ८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान सरकारले विकासमा तीव्रता दिनुपर्ने बताउनुभएको छ ।

    images

    नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न बनेको सरकारप्रति जनताको आशा र भरोसा रहेको उल्लेख गर्नुभयो ।

    उहाँले सरकारसँग कम समय भएकाले जनताका चासो र विकासमा तीव्रता दिनुपर्ने धारणा राख्नुभयो । मुलुकका केही ठूला दलले प्रदेश संरचनालाई बलियो बनाउन नचाहेको उहाँको भनाइ थियो । नेता कोइरालाले मुलुकको समग्र विकासका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राख्नुभयो ।

    दल विभाजन ऐन सरकारको प्राथमिकतामा नरहेको उहाँले स्पष्ट पार्नुभयो । नेपालको परराष्ट्र नीतिमा एकरुपता हुनुपर्ने उहाँको धारणा थियो ।


    तेस्रो आँखा