• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक ९ अङ्कले घट्यो, ४ अर्ब बढीको कारोबार

नेप्से परिसूचक ९ अङ्कले घट्यो, ४ अर्ब बढीको कारोबार


  • 4.0K
    SHARES
    • कार्तिक ११, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.2K Views

    नेप्से परिसूचक ९ अङ्कले घट्यो, ४ अर्ब बढीको कारोबार

    काठमाडौं, ११ कात्तिक । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अङ्कले घटेको छ ।

    images


    आइतबार नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले घटेर २६१७ दशमलव ९५ को विन्दुमा अडिएको हो । यस दिन बजारमा १ करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख ७८ हजार रुपैयाँको कारोबार भएको छ । 

    गत साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले घटेर २६२७ दशमलव १४ को विन्दु अडिएको थियो । बिहीबार १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँको कारोबार भएको थियो । 

    सामान्य अङ्कले घटेको बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

    त्यस्तै, कारोबारका आधारमा आइसीएफसी फाइनान्स लिमिटेड ३२ करोड ६४ लाख ८५ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


    तेस्रो आँखा