• ट्रेण्डिङ्ग :
आफैंले पालेको गोरुले हानेर झापाका एक किसानकाे मृत्यु

आफैंले पालेको गोरुले हानेर झापाका एक किसानकाे मृत्यु


  • 2.7K
    SHARES
    • कार्तिक १६, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.2K Views

    आफैंले पालेको गोरुले हानेर झापाका एक किसानकाे मृत्यु

    झापा, १६ कात्तिक  । आफैंले पालेको गोरुले हानेर झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । गौरादह-७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफैंले पालेको गोरुले हानेर मृत्यु भएको हो ।

    images

    बुधबार साँझ ५.४० बजे बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते भएका थिए । उनलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो । ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा बिहीबार दिउँसो ४.२० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लागेर लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेकोमा थप उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगर लगिएको छ ।


    तेस्रो आँखा