बुटवल, २० कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीमा भएको दुर्घटनामा परी घाईते भएकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिनु भएको छ । बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुको अवस्था बारे जानकारी लिनु भएको हो ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका वडा नं ६ खिल्जीमा सोमवार दिउँसो भएको दुर्घटनामा परी घाईते बिरामीहरुसँग भेट गर्दै उपचारमा कुनै कमी नहुनेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
बुटवलस्थित चौराह अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाईतेहरुलाई भेट गर्दै स्वास्थ्यवस्था बारे जानकारी लिनु भएको मुख्यमन्त्रीको निजि सचिवालयले जनाएको छ । सो क्रममा मुख्यमन्त्री आचाईले घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिनु भएको छ । ‘घाईतेहरुको उपचारमा कुनै कमी नहोस् । सबै प्रकारको उपचार सेवा प्रदान गरिनुपर्छ’ चिकित्सकहरुसँग छलफल गर्दै मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिनुहोला ।’
दुर्घटनामा परेर दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाईते भएका थिए । घाइतेहरुको हाल अस्पतालहरुमा उपचार भइरहेको छ । भैलो खेलिरहेको समूहकै बीचबाट ना ३ ख २४७१ नम्बरको यात्रुवाहक अनियन्त्रित तवरले अघि बढ्दा यो दुर्घटना भएको थियो ।
