काठमाडौं, १८ फागुन । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ ।
दर्शनार्थीको भार थेग्न नसक्दा दक्षिणतर्फको पुलको पुलको उत्तरतिरको पर्खाल भत्किएर नदीमा खसेको छ। प्रहरीकाअनुसार पुल भत्किँदा दुई जना घाइते भएका छन् ।
घाइतेमध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको थियो भने एक घाइते सामान्य उपचारपछि फर्किएका छन् ।
पुल जीर्ण छ भएकाले त्यता नजान प्रहरीले सचेत गराइरहेको थियो । प्रहरी नजिकै भएकाले धेरै क्षति नभएको प्रहरीले जनाएको छ ।
शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थील पशुपति दर्शन गरेको अनुमान गरिएको छ ।
