• ट्रेण्डिङ्ग :
कोशी प्रदेशका कानुनमन्त्रीले राजीनामा दिए

कोशी प्रदेशका कानुनमन्त्रीले राजीनामा दिए


  • 2.7K
    SHARES
    • कार्तिक २१, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.1K Views

    कोशी प्रदेशका कानुनमन्त्रीले राजीनामा दिए

    कोशी २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनु भएको छ ।

    images

    मन्त्रीपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले बुधबार राजीनामा दिनु भएको हो । अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिनु भएको थियो ।

    मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए । मन्त्री अधिकारीले राजीनामा दिएपछि सो मन्त्रालयमा एमालेले अर्की सांसद मिना श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ । 


    तेस्रो आँखा