काठमाडौँ, २३ कात्तिक । दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी शुक्रबार दैलेख र सुर्खेतको सीमानामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिनुभयो । घाइतेहरूलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउन लागिएको उहाँले बताउनुभयो ।
गाडी सडकमा पल्टिएर खसेको हो । गाडीमा कति सवार थिए र कसरी दुर्घटना भयो भन्ने खुल्न बाँकी रहेको उहाँले बताउनु भएको हो ।
