• ट्रेण्डिङ्ग :
सुर्खेतमा गाडी दुर्घटना अपडेट : ३ जनाको मृत्यु, २५ जना भन्दाबढी घाइते

सुर्खेतमा गाडी दुर्घटना अपडेट : ३ जनाको मृत्यु, २५ जना भन्दाबढी घाइते


  • 9.5K
    SHARES
    • कार्तिक २३, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 14.6K Views

    सुर्खेतमा गाडी दुर्घटना अपडेट : ३ जनाको मृत्यु, २५ जना भन्दाबढी घाइते

    सुर्खेत, २३ कात्तिक । दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । गाडी दुर्घटनामा परि २५ जनाभन्दा बढी  यात्रुहरु घाइते भएका छन् ।

    images

    दैलेखबाट सुर्खेत आउँदै गरेको गाडी दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ००१ ख ९९८ नम्बरको गाडी शुक्रबार  दिउँसो २ः२० बजे दैलेख र सुर्खेतको सीमानामा दुर्घटनामा परेको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले थप विवरण आउन बाँकी नै रहेको जानकारी दिनुभयो । घाइतेहरूलाई उपचारका लागि वीरेन्द्रनगर ल्याउन लागिएको उहाँले बताउनुभयो ।


    तेस्रो आँखा