बुटवल,१८ फागुन । नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीको ११ औं अधिवेशनले प्रेमप्रसाद खनालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समितिको खुला उपाध्यक्षमा थानेश्वर बस्याल र महिला उपाध्यक्षमा विष्णु खनाल पन्थी, सचिवमा जीवन पौडेल, सहसचिवमा प्रदीप गिरी, कोषाध्यक्षमा पदमबहादुर थापा निर्वाचित भएका छन् ।
समितिको सदस्यहरुमा माधवप्रसाद बस्याल, भास्कर घिमिरे, योगराज पन्थी, गंगाप्रसाद पन्थी, राजकुमार मिश्र, गुणाखर पाण्डे, बुद्धिराम पराजुली, पार्वती पोखरेल, एलिना केसी, मालतीदेवी पौडेल, हर्कबहादुर बिक, राजेश यादव, कमल पन्थी रहेका छन् ।
दुई जना महिला सदस्य पछि थप गरिने आधिकारिक ट्रेड युनियनका केन्दीय सदस्य मेघदेव पन्तले जानकारी दिए ।
अधिवेशनले १८ प्रदेश तथा १० केन्द्रीय प्रतिनिधि निर्वाचित गरेको छ । यो संगठनमा रुपन्देहीमा १३ सय कर्मचारी आवद्ध रहेका छन् । मंगलबार भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले राष्ट्रिय सभा सचेतक खिमलाल भट्टराईले कर्मचारी संगठनले आफ्ना अधिकारसँगै नागरिकको जिम्मेवारी र दायित्वलाई आत्मसाथ गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।
