• ट्रेण्डिङ्ग :
तोलामा एक हजारले सुनको मूल्य घट्यो

तोलामा एक हजारले सुनको मूल्य घट्यो


  • 2.8K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.3K Views

    तोलामा एक हजारले सुनको मूल्य घट्यो

    काठमाडौं २६ कात्तिक । नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।mआइतबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ ।

    आइतबार प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


    तेस्रो आँखा