• ट्रेण्डिङ्ग :
जाजरकोटमा यात्रु वहाक फोर्स गाडि दुर्घटना हुँदा १७ जना घाइते

जाजरकोटमा यात्रु वहाक फोर्स गाडि दुर्घटना हुँदा १७ जना घाइते


  • 3.0K
    SHARES
    • कार्तिक २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.7K Views

    जाजरकोटमा यात्रु वहाक फोर्स गाडि दुर्घटना हुँदा १७ जना घाइते

    जाजरकोट २६ कात्तिक । जाजरकोटमा यात्रु वहाक फोर्स गाडी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार बिहान भेरी नगरपालिका -७ को स्यालीबजारबाट नेपालगञ्जतर्फ आउँदै  गरेको बा ५ ख १८९२ नम्वरको फोर्स गाडि कुदु नजिक ब्रेक फेल भएर दुर्घटना भएको हो । 

    images

    दुर्घटनामा परेर १७ जना घाईते भएको बताईएको छ । घाईतेहरुलाई स्थानीय र प्रहरीले तत्काल उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र कुदुमा उपचारका लागि लगेका थिए । स्वास्थ्य केन्द्रका अनुसार घाईतेलाई सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल जाजरकोट पठाईएको छ । 

    गाडिमा २६ जना यात्रुहरु सवार रहेको र त्यसमध्य १७ जना घाईते भएका हुन् । दुर्घटनामा परेर हालसम्म मानविय क्षति भने भएको छैन । चालकसहित केहि यात्रुहरुको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

    प्रहरीले दुर्घटनाको पुरा विवरण आईनसकेको जनाएको छ । गाडि सडकबाट करिब ४० मिटर तल खसेको बताईएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको गाडिको ब्रेक फेल भएका कारण मोडनेर दुर्घटना भएको यात्रुहरुले जनाएका छन् । 


    तेस्रो आँखा