• ट्रेण्डिङ्ग :
सेयर बजारसँगै कारोबार रकम पनि घट्यो

सेयर बजारसँगै कारोबार रकम पनि घट्यो


  • 2.1K
    SHARES
    • कार्तिक २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.3K Views

    सेयर बजारसँगै कारोबार रकम पनि घट्यो

    काठमाडौं २७ कात्तिक । मंगलबार सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से ११.२४ अकंले घटेर २७४८.९६ बिन्दुमा कायम भएको छ । आज ३१२ कम्पनीको १ करोड ६७ लाख ८६ हजार ९३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ९७ लाख ४० हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

    images

    आज फाइनान्स समूहमा आकर्षण देखिएको छ । सो सेक्टर सबैभन्दा धेरै १.१२ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.१३ र व्यापार ०.३५ प्रतिशत बढे । अन्य समूह सबैभन्दा धेरै १.१८ प्रतिशत घट्यो । बैंकिङ ०.३५, विकास बैंक ०.३१, होटल तथा पर्यटन ०.१५, हाइड्रोपावर ०.५७, लगानी ०.३५, जीवन बीमा ०.४४, उत्पादन ०.०२, माइक्रोफाइनान्स ०.६७ प्रतिशत घटे । आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर  कारोबार भएको छ ।

    आज यस कम्पनीको २९ करोड २८ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।  आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्था र मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा भने गुडविल फाइनान्सका लगानीकर्ता रहेका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.३६ प्रतिशतका दरले गुमाएका हुन् ।


    तेस्रो आँखा