• ट्रेण्डिङ्ग :
सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट


  • 2.9K
    SHARES
    • कार्तिक २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.4K Views

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं २८ कात्तिक । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा पुगेको हो । सेन्सेटिभ इण्डेक्स ५.०८ अंकले घटेर ४८३.६९ विन्दुमा पुगेको छ ।

    images

    यसदिन ३०८ स्क्रिप्सको १ करोड ५३ लाख  ६२ हजार  २०६ कित्ता सेयर ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार  ४४९ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से दोहोरो अंकले घटेपनि पाँच कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । सप्तकोशी डेभलपमेन्ट बैंक,सृजनशील लघुवित्त संस्था,मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र सृमद्धि फाइनान्सको सेयर १० प्रतिशतले बढेको हो ।

    यसदिन कुथेली बुखारी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड बढिको सेयर कारोबार भयो ।

    पोखरा फाइनन्सले २५ करोडको सेयर कारोबार गर्दा सप्तकोशी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको २१/२१ करोड र पिपुल्स हाइड्रोपावरले १८ करोड मूल्य बराबरको सेयर कारोबार गरे ।

    कारोबारमा आएका ९९ स्टक्सको मूल्य बढ्दा १३८ वटाको घट्यो । बाँकी ७ स्टक्सको मूल्य भने स्थिर रह्यो । चार समूहको उपसूचक बढ्दा अन्यक समूहको उपसूचक नकारात्मक देखिए। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ४.२० प्रतिशतले बढ्यो ।


    तेस्रो आँखा