काठमाडौं, ३० कात्तिक । नेपालबाट बंगलादेशमा बिजुली निर्यात सुरू भएको छ । शुक्रबारदेखि नेपालबाट बंगलादेशमा विद्युत निर्यात सुरू भएको हो ।
ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले परराष्ट्र मन्त्रालयमा भएको संयुक्त भर्चुअल माध्यमबाट बंगलादेश विद्युत निर्यातको औपचारिक सुरू गर्नु भएको हो ।
शुक्रबार ४० मेगावाटबाट सुरू हुने निर्यात आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने प्राधिकरणको तयारी छ ।
