काठमाडौँ, ३० कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंक फेरी मिस म्यानेजमेन्ट नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिनुभएकाे छ ।
शुक्रवार काठमाडौँमा भएको नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले बैंकको बोर्ड र प्रमुख कार्यकारी अधिकृतलाई यस्तो निर्देशन दिनु भएको हाे ।
उनले कार्यक्रममा कर्मचारी टे«ड युनियनका प्रतिनिधिहरूले उठाएका विषयहरू गम्भीर रहेको भन्दै गभर्नर अधिकारीले यस्तो निर्देशन दिनुभयाे । उनले नेपाल बैंक राज्यको ठूलो लगानीको साथै विदेशी ऋणमार्फत रिकर्भर गरिएको स्मरण गर्दै आगामी दिनमा फेरि मिस म्यानेजमेन्ट भएको विषय सुन्नु नपर्ने गरी काम गर्न आग्रह गर्नुभयाे ।
उहाँले नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभरपछि बनेका बैंकिङ नीति र गाइडलाइन कार्यान्वयन गर्न नयाँ जनशक्ति बैङ्कभित्र आएपछि नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रूप दिएको बताउनुभयाे । उहाँले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जान रोक्न नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन आग्रह गर्नुुभयाे ।
उहाँले नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेको बताउनु भएको हाे । उनले उपभोक्ता संरक्षण सम्बन्धी छुट्टै डिभिजन बनाए प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपरभिजन गर्न सुरु गरेको बताउनुभयाे । उहाँले बैङ्कहरूले ग्राहकहरूलाई नचाहिँदो किसिमको दुःख नदिन निर्देश दिँदै बैंक तथा वित्तीय संस्थाका कार्यालयहरूलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक रहेको बताउनु भएको छ ।
