• ट्रेण्डिङ्ग :
शेयर बजारमा सामान्य बृद्धि

शेयर बजारमा सामान्य बृद्धि


  • 3.0K
    SHARES
    • मंसिर २, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.7K Views

    शेयर बजारमा सामान्य बृद्धि

    काठमाण्डौ २ मंसिर । हप्ताको पहिलो दिन शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ४.९८ अङ्कले बढेर दुई हजार सात सय ५३ विन्दुमा पुगेको छ । बिहान ११ बजेर ३६ मिनेटमा नेप्से दुई हजार सात सय ८७ विन्दुमा पुगेको थियो ।

    images

    आज बैंक, फाइनान्स, उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज उन्नति सहकार्य लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन समृद्धि फाइनान्स र गुराँस लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज तीन सय २६ वटा कम्पनीका दुई करोड ४४ लाख कित्ता शेयर ११ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।


    तेस्रो आँखा