काठमाडौं ६ मंसिर । नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला एक हजार रूपैयाँ, मंगलबार प्रतितोला एक हजार एक सय रूपैयाँ, बुधबार प्रतितोला नौ सय रूपैयाँ र बिहीबार प्रतितोला एक हजार गरी यो चार दिनको अवधिमा सुनको मूल्य प्रतितोला चार हजार रूपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बुधबार प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
