• ट्रेण्डिङ्ग :
दाङमा यस वर्ष १० प्रतिशतले धान उत्पादनमा बृद्धि

दाङमा यस वर्ष १० प्रतिशतले धान उत्पादनमा बृद्धि


  • 5.4K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 8.2K Views

    दाङमा यस वर्ष १० प्रतिशतले धान उत्पादनमा बृद्धि

    दाङ ६ मंसिर । दाङमा यस वर्ष १० प्रतिशतले धान उत्पादनमा बृद्धि भएको छ । कृषी ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लामा यो वर्ष एक लाख ७८ हजार ७ सय ३४ दशमलब छ मेट्रिक टन धान उत्पादन भएको हो । 
    जिल्लामा यो वर्ष ३६ हजार एक सय आठ हेक्टर क्षेत्रफलमा धानखेति गरिएको थियो । गत वर्ष दाङमा ३५ हजार एक सय ८४ हेक्टर क्षेत्रफलमा धानखेति भएको थियो । जसबाट एक लाख ५८ हजार तीन सय २८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

    images
    dhan bali.jpg

    यस वर्ष पर्याप्त मात्रामा वर्षा भएको र रासायनिक मलको अभाव नभएकाले पनि जिल्लामा धान उत्पादनमा पनि बृद्धि भएको सूचना अधिकारी लामिछानेले तेस्रो आँखालाई जानकारी दिनुभयो । धान उत्पादन बृद्धि हुनुमा रोपाईको क्षेत्रफल बढ्नु पनि हो । यस वर्ष जिल्लामा ८० प्रतिशत हाइब्रिड, १० प्रतिशत उन्नत जातको र १० प्रतिशत स्थानीय लोकल जातको बिउ रोपिएको सूचना अधिकारी लामिछानेले जानकारी दिनुभयो । 

     

    dhan.jpg

     


    तेस्रो आँखा