• ट्रेण्डिङ्ग :
सेयर बजारमा ३१.३१ अंकको गिरावट

सेयर बजारमा ३१.३१ अंकको गिरावट


  • 2.3K
    SHARES
    • मंसिर ६, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.6K Views

    सेयर बजारमा ३१.३१ अंकको गिरावट

    काठमाडौं ६ मंसिर । बिहीबार सेयर बजार ३१.३१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो दिन बजार परिसूचक १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा झरेको हो ।

    images

    आज बजारमा सेयर बजारमा १ करोड ८४ लाख कित्ता सेयर किनबेच भयो । जसबाट ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बजारमा कारोबार भएका कुल २४४ वटा कम्पनीमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ४३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने चार वटाको मूल्य स्थिर रहेको छ ।

    आज सामुदायिक लघुवित्त र त्रिस्टार हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्सको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज बजारमा रहेका १३ मध्ये सबै उपसमूहको सूचक घट्दा सबैभन्दा धेरै फाइनान्स समूह २.८६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । 


    तेस्रो आँखा