रुकुम १० मंसिर । रुकुमपश्चिममा आफ्नै छोराको चक्क प्रहारबाट बुवाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको चक्कु प्रहार गरि हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आइतबार बेलुका वीर बहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेर हत्या गरेको खुलेको छ । बुवाको हत्यापछि उनी फरार छन् । उनको खोजीमा प्रहरी परिचालन भएको प्रहरी निरीक्षक पाठकले बताउनुभयो ।
स्थानीयका अनुसार बुवाले कान्छी श्रीमती ल्याएको भन्दै पटक पटक विवाद हुने गरेको थियो । बुवालाई चक्कु प्रहार गरेर वीरबहादुर जंगल तिर भागेको बताइएको छ ।
