• ट्रेण्डिङ्ग :
पूर्वी नाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

पूर्वी नाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी


  • 1.9K
    SHARES
    • मंसिर ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.0K Views

    पूर्वी नाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी

    पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ। उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट  ७९ करोड ६३ लाख १० हजार रुपैयाँको कृषि बाली आयात भएको छ।

    images

    कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार चार अर्ब ४८ लाखको चिया, एक अर्ब ५५ करोडको अलैँची, एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, ३३ करोड ९६ लाखको अम्लिसो  २० करोड ५५ लाखको अदुवा, ६ करोड ४८ लाखको बन्दाकोभी, एक करोड ५५ लाखको मसुरो दाल, ५१ लाख १९ हजारको जडीबुटी र  ११ करोड ५३ लाख रुपैयाँको अन्य कृषि बाली भारत निर्यात भएको छ।

    सोही अवधिमा आयात भएका वस्तुमा गेडागुडी , ताजा फलफूल, आलु, लसुन, कोदोलगायत कृषि बाली रहेका छन्। चार महिनामा २२ करोड ३१ लाखको गेडागुडी, १५ करोड ३० लाखको आलु, १४ करोड १३ लाखको ताजा फलफूल,  ११ करोड सात लाखको लसुन, ६ करोड ४४ लाखको कोदो, पाँच करोड ३४ लाखको सागसाब्जी र पाँच करोड दुई लाख रुपैयाँको अन्य कृषि बाली आयात भएको छ।

    कृषि बालीहरूको निर्यात बढ्दै जानुले भारतसँगको व्यापार घाटा कम गर्न महत्त्वपूर्ण सहयोग पुर्‍ याउने उनी बताउँछन्। पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादित अलैँची, अदुवा, चिया, जडीबुटी र तरकारी बालीले पछिल्लो समय भारतीय बजारमा उच्च मागसँगै राम्रो मूल्य पाउने गरेको छ।

    पहाडी जिल्लाबाट कच्चा पदार्थ सङ्कलन गरेर झापामा सञ्चालित प्लाई तथा भेनियर उद्योगले समेत निर्यातमा उत्साहजनक योगदान दिइरहेका छन्। यद्यपि, लसुन, आलु, कोदो, ताजा तरकारी र फलफूलमा भारतीय निर्भरता अझै घट्न सकेको छैन।


    तेस्रो आँखा