• ट्रेण्डिङ्ग :
कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा राष्ट्र बैंकले रोक लगायो

कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा राष्ट्र बैंकले रोक लगायो


  • 2.9K
    SHARES
    • मंसिर ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.5K Views

    कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा राष्ट्र बैंकले रोक लगायो

    काठमाडौं ११ मंसिर । कर्णाली डेभलपमेन्ट बैंकको वित्तीय कारोबारमा रोक लगाइएको छ । नेपाल राष्ट्र बैंकले वित्तीय अवस्था समस्या उन्मुख रहेको भन्दै मंगलबारदेखि बैंकको कारोबारमा रोक लगाउने निर्णय गरेको हो । 

    images

    बैंकले गत साउनमा गरेको सुपरिवेक्षणका क्रममा बैंकले तोकेबमोजिमको पुँजीकोष अनुपात कायम नगरेको तथा निष्क्रिय कर्जा करिब ४१ प्रतिशत पुगेको पाइएको र यसले बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएकोले कर्जा दिने र ऋण लिने कार्यमा रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ । 

    नेपालगन्जमा रहेको यस विकास बैंकमा निरीक्षण गर्दा तोकिए बमोजिमको पूँजीकोष अनुपात कायम नहुने देखिएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको लगायत समस्या देखिएपछि राष्ट्र बैंकले कारबाही गरेको छ । यो अवस्थामा राष्ट्र बैंक ऐनले तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली अनुसार ६ महिनाभित्र सुधार गर्नेगरी शीघ्र सुधारात्मक कारबाही गरेको जनाएको हो । उक्त बैंकले असार मसान्तको वित्तीय विवरणमा निष्क्रिय कर्जा ७ प्रतिशत मात्रै रहेको देखाएको थियो । लगत्तै स्थलगत अनुगमन गर्दा निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत पाइएको राष्ट्र बैंकले जनाएको छ ।

    यसअघि कर्णाली डेभलपमेन्ट बैंक पटक–पटक विवादमा पर्दै आएको थियो । कर्मचारीहरूको सेटिङमा बिनाधितो र अनधिकृत धितो राखेर बैंकले ऋण दिएको विषयमा बैंक पटक पटक विवादमा पर्दै आएको थियो । यस विकास बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नोक्सानी १ करोड ९८ लाख रुपैयाँ छ ।

    465811603_886003257056790_8462705726768637582_n.png


    तेस्रो आँखा