• ट्रेण्डिङ्ग :
सेयर बजारमा उच्च अंकको बृद्धि

सेयर बजारमा उच्च अंकको बृद्धि


  • 2.5K
    SHARES
    • मंसिर ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.9K Views

    सेयर बजारमा उच्च अंकको बृद्धि

    काठमाण्डौ ११ मंसिर । मंगलबार शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ विन्दुमा पुगेको छ ।

    images

    आज सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, अन्य, लगानी समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, युनाइटेड आईडीआई मर्दी आरबी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । आज तीन सय १२ वटा कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको ४५ करोड रुपैयाँको शेयर किनबेच भयो ।


    तेस्रो आँखा