• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ९ सयले बढ्यो

सुनको मूल्य तोलामा ९ सयले बढ्यो


  • 2.4K
    SHARES
    • मंसिर १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सुनको मूल्य तोलामा ९ सयले बढ्यो

    काठमाडौं १२ मंसिर । लगातार दुइ दिन घटेको सुनको मूल्य बुधबार भने तोलामा ९ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ४८ हजार ७ सय रुपैयाँ थियो ।

    images

    यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । सरकारले भन्सार दर १० प्रतिशत घटाउनु र अन्तर्राष्ट्रिय बजारमा केही घटेपछि नेपालमा सुनको भाउ घटेको थियो ।

    चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८२० रुपैयाँ रहेको चाँदी यस दिन १८३० रुपैयाँ पुगेको छ ।

     


    तेस्रो आँखा