• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा तीन सयले घट्यो

सुनको मूल्य तोलामा तीन सयले घट्यो


  • 1.7K
    SHARES
    • मंसिर १३, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 2.7K Views

    सुनको मूल्य तोलामा तीन सयले घट्यो

    काठमाडौं १३ मंसिर । हिजो बढेको सुनको मूल्य आज फेरी घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला नौ सय रूपैयाँले बढेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार तीन रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ ।

    बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    तेस्रो आँखा