• ट्रेण्डिङ्ग :
माग बढेपछि अण्डाको मूल्य पनि बढ्यो

माग बढेपछि अण्डाको मूल्य पनि बढ्यो


  • 2.9K
    SHARES
    • मंसिर १६, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.4K Views

    माग बढेपछि अण्डाको मूल्य पनि बढ्यो

    काठमाडौं १६ मंसिर । माग बढेपछि बजारमा अण्डाको मूल्य पनि बढेको छ । शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ३० देखि ४० रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ । 

    images

    बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन् । अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ४०, ठूलो चार सय ५५ र एक्सल अण्डा चार सय ७० रूपैयाँ छ ।  यस अघि मध्यम अण्डा प्रतिक्रेट चार सय, ठूलो चार सय २५ र एक्सल चार सय ४० रूपैयाँ पर्ने गरेको थियो । यो किसानले पाउने मूल्य हो । उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ रहेको छ ।


    तेस्रो आँखा