काठमाडौं, १७ मंसिर । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी विजयी भएको छ । उपनिर्वाचनअन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार माओवादीका नरबहादुर झाक्री विजयी हुनुभएको छ ।
विजयी हुनुभएको झाक्रीले १६१ मत पाउनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाउनु भएको थियो । यस्तै तेस्रो हुनुभएका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याउनु भएको थियो।
यो वडामा २०७९ को निर्वाचनमा एमालेका नन्दलाल रोकाले माओवादीका जंगबहादुर रोकायलाई ६ मतान्तरले पराजित गर्नुभएको थियो ।
