• ट्रेण्डिङ्ग :
विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक : कुलमान घिसिङ

विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक : कुलमान घिसिङ


  • 2.9K
    SHARES
    • मंसिर १८, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.5K Views

    विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक : कुलमान घिसिङ

    काठमाडौँ, १८ मंसिर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न थप पीपीए खोल्न आवश्यक रहेको बताउनु भएको छ ।

    images

    सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताउनु भएको हाे  । उहाँले प्राधिकरणले केही समयको लागि आरोआर र पिआरोआरका आयोजनाहरू पीपीएमा स्थगित भएपनि २८ हजार ५ सय मेगावाटको लक्ष्य पूरा गर्न पीपीए फेरि खोल्नुपर्ने बताउनु भएको हो । उहाँले बजारलाई बन्द गरेर मात्रै नयाँ आयोजनाहरू आउनसक्ने बताउनुभयो ।

    उहाँले प्राधिकरणले केही जोखिम लिन नसके अन्य थप आयोजनाहरू आउन नसक्ने बताउनु भएको हो । उहाँले १२ हजार मेगावाटको पीपीए सम्झौतामा हस्ताक्षर गरेपनि १२ हजारकै आयोजनाहरू आउन नसक्ने बताउनुभयो । उहाँले ६० देखि ७० प्रतिशत पीपीए गरेका आयोजनाहरू आए त्यसले सरकारलाई ठूलो सहयोग पुग्ने बताउनु भएको छ ।

    कार्यकारी निर्देशक घिसिङले २८ हजार मेगावाटको पीपीएमा वैदेशिक लगानी, प्राधिकरणले गर्ने, रिजर्भर आयोजनाहरू र सोलार पनि समावेश गरिएको बताउनुभयो । उहाँले सोलार उत्पादनको लागि प्राधिकरणले करिब ८ सय मेगावाटको माग गर्दा ३६ सय मेगावाटको प्रस्ताव आएको बताउनु भयो । उहाँले विद्युत् प्राधिकरणले सोलारलाई जलविद्युतलाई प्राथमिकता दिनुपर्ने अवस्था रहेको बताउनु भएको हो । उनले सुख्खा समयमा प्राधिकरणले विद्युत् माग पूरा गर्न नसक्ने अवस्था रहेको बताउनु भएको छ । उहाँले प्राधिकरणले २०० मेगावाटका सोलार आयोजना अगाडि बढाएको जानकारि दिनुभयो ।

    उहाँले जलविद्युत क्षेत्रका समस्या समाधान गर्नेगरी नीतिहरूलाई सहजीकरण गर्ने तयारीमा प्राधिकरण लागेको बताउनु भएको हो । उहाँले निजी क्षेत्र वा लगानीकर्तालाई मात्रै जोखिममा पार्ने नभई सरकारले पनि जोखिम बहन गर्नेगरी नीतिहरू परिमार्जन गर्न लागिएको बताउनुभयो । उहाँले नेपालको जलविद्युत क्षेत्रको विकासलाई बिस्तार गर्नको लागि सरकार अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

    नेपालमा २८ हजार मेगावाटको पीपीए भयो भने आरोरा र पीआरोआर आयोजना ३० हजार भन्दा बढी आउने नदेखिएको बताउनु भएकाे हो । 


    तेस्रो आँखा