• ट्रेण्डिङ्ग :
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने

नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने


  • 3.1K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.8K Views

    नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने

    काठमाडौँ, २१ मंसिर । संघिय सांसद डा. सुनिल कुमार शर्माले सञ्चालन गरेको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

    images

    नोवेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशतका दरले ६० करोड रुपैयाँ सेयर धनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    लाभांश पारित गर्न नोवेलले पुस ९ गते कम्पनीको रजिष्टर्ड कार्यालय विराटनगरमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ । प्राइभेट कम्पनीबाट पब्लिक कम्पनी भए यथा यो नोवेलको प्रथम वार्षिक साधारणसभा भएको कम्पनीले जनाएको छ ।

    कम्पनीको सभाले अस्पतालको स्तर वृद्धिका लागि तत्काल विभिन्न प्रकारका स्वास्थ्य उपकरणहरू खरिद गरी विश्वस्तरिय स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवा सञ्चालनार्थ आवश्यकता अनुसार घरजग्गा समेत खरिद गर्नुपर्ने भएकाले सो को लागी आवश्यक पर्ने श्रोत जुटाउन बैंकबाट कर्जा लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने जनाइएको छ ।

    यस्तै, कम्पनीको व्यवसाय विस्तारका लागि समान उद्देश्य भएको विभिन्न कम्पनी र अस्पताल, शिक्षण संस्थाहरू तथा अन्य उद्देश्य भएका (हाइड्रो इनर्जी, सोलार इनर्जी, पर्यटन उद्योग लगायतका)विभिन्न कम्पनीहरू खरिद गर्न तथा त्यस्ता कम्पनीहरूको सेयरमा लगानी गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने पनि जनाइएको छ ।

    कम्पनीका अनुसार सभाले आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८१र८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।


    तेस्रो आँखा