• ट्रेण्डिङ्ग :
चिसो बढेसंगै भेडाबाख्रा बेँसी झार्ना थाले

चिसो बढेसंगै भेडाबाख्रा बेँसी झार्ना थाले


  • 2.8K
    SHARES
    • मंसिर २१, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.3K Views

    चिसो बढेसंगै भेडाबाख्रा बेँसी झार्ना थाले

     

    images

    हुम्ला, २१ मंसिर । हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि पालनपोषणका लागि यहाँका भेडाबाख्रा बेँसी झर्न थालेका छन् । विशेष गरी सिमकोट, खार्पुनाथ चङ्खेली र सर्केगाड गाउँपालिकाका व्यवसायी भेडाबाख्रासहित बेँसी झर्न थालेका हुन् । 

    चिसो अत्यधिक बढेपछि भेडाबाख्रासहित हिउँदयाममा बेँँसी झर्न थालेका भेडाबाख्रा व्यवसाय गर्दै आउनुभएका सिमकोट गाउँपालिका–२ ठेहेका राजेन्द्र बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “जाडोले लेकमा बस्नै नसकिएपछि भेडाबाख्रा बेँसी झार्न थालेका र्छौँ ।” यतिबेला हुम्लाको उच्च पहाडी भेग सुख्खा हुने र तराईका क्षेत्रमा हरियाली हुनेहुँदा घाँसका लागि पनि भेडाबाख्रा हिउँदमा जिल्ला बाहिर लैजानुपर्ने बोहराको भनाइ छ । झण्डै ६ महिना जिल्ला बाहिर पालन गरेपछि वैशाखमा फेरी लेकमै भेडाबाख्रा लैजाने गरिन्छ । 

    बाजुरा, अछाम, सुर्खेतलगायतका क्षेत्रमा हुम्लाबाट भेडाबाख्रा पालनका लागि लैजाने गरिन्छ । भेडाबाख्रा व्यवसायीले चामल, दाललगायत सामग्री बोकेर घरघरमा पुगेर व्यापरसमेत गर्छन् । गहुँ, जौ, उवाबाट बनाइएको सामग्री चामलसँग साट्ने चलन रहँदै आएको सिमकोट गाउँपालिका–२ ठेहेका टेक भण्डारीले बताउनु भएको हो । 

    सिमकोट–३ र ४ तथा उत्तरी नाम्खा गाउँपालिकामा एक दशक अघिसम्म प्रत्येकका घरघरमा भेडापालन गरिँदै आएको थियो । पछिल्लो समय यो व्यवसाय कमैले गरेको पाइन्छ । 

    वर्षाको समयमा छिमेकी मुलुक चीनको ताक्लाकोट पुगेर यहाँको फापर, उवा, गहुँ, जौलगायतको अन्न नूनसँग साट्ने गरिन्थ्यो । ताक्लाकोटबाट नुन ल्याएर हुम्लाकै दक्षिणी भेगका रोडिकोट, दार्मा सर्केगाड, पिप्लाङ, उनापानी, रिप राहदेवलगायतका गाउँमा पुगेर चामल, सिमिलगायतका अन्नसँग साँटासाँट गरिन्थ्यो । तर अहिले यी सबै चलन हराउँदै गएका छन् ।  


    तेस्रो आँखा