काठमाडौं, २२ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ ।
प्रोस्टेटको सफल उपचारपश्चात् उनी डिस्चार्ज भएका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।
राष्ट्रपति पौडेल यही मंसिर १९ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियोे ।
