• ट्रेण्डिङ्ग :
नेप्से परिसुचकमा ३३.४२ अंकको गिरावट

नेप्से परिसुचकमा ३३.४२ अंकको गिरावट


  • 2.2K
    SHARES
    • मंसिर २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.3K Views

    नेप्से परिसुचकमा ३३.४२ अंकको गिरावट

    काठमाडौँ, २७ मंसिर । नेप्से परिसुचकमा उच्च अंकको गिरापट भएको छ । सेयर बजार (नेप्से) बिहीबार ३३.४२ अंकले घटेको छ । 

    images

    बुधबार झण्डै ४६ अंकले बढेको बजारको उत्साह टिक्न नसक्दा साताको अन्तिम दिन बिहीबार ३३।४२ अंकले घटेको हो । योसँगै नेप्से परिसूचक २६८२।२९ अंकमा झरेको छ । बिहीबार बजारमा ६ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भयो । 

    समग्र बजार घट्दा बिहीबार बजारका २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४० कम्पनीको मूल्य बढ्दा बिहीबार कुनै पनि कम्पनीको मूल्य स्थिर बसेको छैन । बजारमा बिहीबार उत्पादनमूलक र म्युचुअल फण्ड समूहमा सामान्य वृद्धि बाहेक अन्य समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै गिरावट फाइनान्स समूहमा २।६४ प्रतिशतले भएको छ । 
    ्
    बिहीबार बजारमा जानकी फाइनान्सको सेयर मूल्य सर्वाधिक ९।९९ प्रतिशतले घट्दा त्रिशूली जलविद्युत् कम्पनीको सेयर ८।५५ प्रतिशतले बढेको छ । सर्वाधिक घटेको जानकी फाइनान्स बिहीबार कारोबारका आधारमा शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको २६ करोड रुपैयाँ बराबरको कारोबार भयो । कारोबार भएका सेयरको संख्यामा जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ ।


    तेस्रो आँखा