• ट्रेण्डिङ्ग :
ओखलढुंगामा बोलेरो दुर्घटना, एकको मृत्यु सात घाइते 

ओखलढुंगामा बोलेरो दुर्घटना, एकको मृत्यु सात घाइते 


  • 15.2K
    SHARES
    • फाल्गुण २२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 23.3K Views

    ओखलढुंगामा बोलेरो दुर्घटना,  एकको मृत्यु सात घाइते 

    काठमाडाैं,२२ फागुन । आइतबार बिहान जिल्लाको चिशंखुगढी गाउपालिका ३ दियालेबाट ओखलढुंगा सदरमुकाम आउदै गरेको प्र १–०२–००१ ज ३८७५ नम्बरको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । सदरमुकाम बाट ४ किलोमिटर टाढा सिद्धिचरण नगरपालिका ५ सिस्नेखोलामा दुर्घटनामा हुँदा बोलेरोमा सवार चिशंखुगडी ३ पोखरेकी ३५ वर्षिया कुमारी श्रेष्ठको मृत्यु भएको हो ।

    images

    दुर्घटनामा गम्भिर घाइते उनको सामुदायिक अस्पतालमा ओखलढुंगामा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले बताए । काफ्लेका अनुसार दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइते मध्ये ४३ वर्षिया सिता भुजेल र २७ वर्षिय चालक हिमाल खतिवडालाई थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

    अन्य घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बोलेरोमा ८ जना सवार थिए । बोलेरो सडकवाट करिब ३० मिटर तल खसेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रनाउ काफ्लेले बताए ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना

  • तेस्रो आँखा
    लेखकबाट थप