• ट्रेण्डिङ्ग :
नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन सरकारको पहल

नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन सरकारको पहल


  • 2.8K
    SHARES
    • मंसिर २८, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 4.3K Views

    नेपालको चिकित्सा स्नातकोत्तरलाई विदेशमा मान्यता दिलाउन सरकारको पहल

    काठमाडौं, २८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको चिकित्सा शिक्षालाई विदेशमा मान्यता प्रदान गर्नका लागि पहल थालेको छ ।

    images

    नेपालमा स्नातकोत्तर गरे भारत तथा अन्य राष्ट्रहरुमा सोसरहको मान्यता नपाउँदा नेपालका चिकित्सा विद्यार्थीलाई समस्या भैरहेको छ । यस्तो समस्या अन्त्य गर्न तथा पूर्ण शुल्कमा विदेशी विद्यार्थी नेपालमा अध्ययन गर्न आउने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको कदमको फलस्वरुप मन्त्रालयले पहल थालेको हो ।

    शुरुवातमा माल्दिभ्सलगायत सार्क देशका विद्यार्थीलाई चिकित्सा शिक्षाको आपसी मान्यता प्रक्रिया सहज बनाउन सहजीकरण र कोटा व्यवस्थापनका उपाय खोज्न भन्दै मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई ३० दिनभित्र प्रारम्भिक प्रतिवेदन दिन भनेको छ ।

    ३० दिनभित्र प्रतिवेदन दिने गरी उपाय सुझाउन मन्त्रालयअन्र्तगतको नीति योजना तथा अनुगमन महाशाखाले काउन्सिललाई पत्राचार गरेको प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

    गत महिना इन्डोनेसियामा एक कार्यक्रममा गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई त्यहाँका स्वास्थ्य मन्त्रीले स्नातकोत्तर शिक्षा दिनका लागि आग्रह गर्नुभएको थियो । जवाफमा मन्त्री पौडेलले आफूले यसका लागि पहल गर्ने बताए पछि मन्त्रालयले काम अघि बढाएको हो ।

    समितिले दिएको प्रतिवेदनले चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय बनाउन विदेशी विद्यार्थीको चासो सम्बोधन गर्न सफल हुने विश्वास लिएको मन्त्री पौडेलले बताउनुभयो ।

    अहिले भारतलगायतका मुलुकमा स्नातकोत्तर अध्ययन गरेकाले नेपालमा सहजै अभ्यास गर्न पाए पनि नेपालमा अध्ययन गरेका विद्यार्थीका हकमा भने आपसी मान्यता प्राप्त नहुँदा कठिनाइ भैरहेको छ । आपसी मान्यता पाउने गरी कम्तिमा सार्कस्तरमा पहल गर्न सकिएमा नेपालमा विदेशी विद्यार्थीको आकर्षण बढाउन सकिने विश्वास गरिएको छ । 


    तेस्रो आँखा