• ट्रेण्डिङ्ग :
मुस्ताङका पाँच स्थानीय तहमा आलु ‘जोन’ सञ्चालन

मुस्ताङका पाँच स्थानीय तहमा आलु ‘जोन’ सञ्चालन


  • 1.5K
    SHARES
    • मंसिर २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 2.3K Views

    मुस्ताङका पाँच स्थानीय तहमा आलु ‘जोन’ सञ्चालन

    म्याग्दी, २९ मंसिर  । मुस्ताङका पाँच स्थानीय तहमा चालु आर्थिक वर्षदेखि आलुको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) सञ्चालन गरिएको छ ।

    images

    व्यावसायिक आलुखेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले जोन कार्यक्रम सञ्चालन गरिएको हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत यसअघि मुस्ताङमा स्याउ र च्याङ्ग्रा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ । म्याग्दी र मुस्ताङ कार्यक्षेत्र भएको परियोजनाको जोमसोमस्थित कार्यालयका प्रमुख भरतराज गौतमले आलु जोन कार्यक्रममा ७१ कृषि फार्म, समूह र सरकारी सूचीकृत भएका जानकारी दिनुभयो ।

    कार्यक्रममार्फत आलुखेती गर्ने कृषकलाई मल, बीउ खरिद, साना सिँचाइ निर्माण, भण्डारण, बजारीकरणलगायत कामका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइने उहाँले बताउनु भएको छ । आलु जोन कार्यक्रमका लागि चालु आवमा रु एक करोड १७ लाख बजेट प्राप्त भएको गौतमले जानकारी दिनुभयो ।

    पाँच सय हेक्टर क्षेत्रफलमा आलु खेती गरेका कृषकहरूलाई जोन कार्यक्रममा समेटिएको छ । छनोट भएका कृषक समूह, सहकारी र फार्महरूसँग अनुदानका लागि सम्झौता गर्न थालिएको परियोजनाका प्रमुख गौतमले उल्लेख गर्नुभयाे ।

    चार सय ५९ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको मुस्ताङमा यस वर्ष सात हजार ३१ मेट्रिक्टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । मुस्ताङमा स्थानीय कुफ्रिज्योति जातको आलुखेती हुन्छ ।

    मुस्ताङमा उत्पादन भएको आलु म्याग्दी, बागलुङ, पोखरा, काठमाडौँ, चितवन, रुपन्देहीलगायत देशका विभिन्न सहरमा बिक्री हुने गर्दछ । चिसो हावापानीमा रासायनिक विषादी र मलको प्रयोगबिना प्राङ्गारिक विधीबाट उत्पादन भएको मुस्ताङको आलु स्वादिलो र पोषिलो मानिन्छ ।


    तेस्रो आँखा