• ट्रेण्डिङ्ग :
दलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छ : मुख्यमन्त्री कँडेल

दलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छ : मुख्यमन्त्री कँडेल


  • 2.4K
    SHARES
    • पौष २, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.6K Views

    दलित सशक्तिकरण विधेयक छिट्टै पारित हुन्छ : मुख्यमन्त्री कँडेल

    कर्णाली, २ पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभामा पेस भएको दलित सशक्तिकरणसम्बन्धी विधेयक छिट्टै पारित हुने बताउनु भएको छ।

    images

    दलित अधिकारका लागि एकीकृत आन्दोलनका अगुवा नेतासँग मंगलबार भएको भेटमा उहाँले प्रदेश सरकारको नेतृत्व सम्हालेपछि प्रदेशसभामा पेस भएको उक्त विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिनुभयो ।

    मुख्यमन्त्री कँडेलले विधेयकमा प्रस्तावित विषयलाई छलफल गरेर निष्कर्षमा पुर्‍याउने काम विषयगत समितिले गरिरहेकाले समितिलाई सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने विश्वास दिलाउनुभयो । उहाँले सहभागीहरूलाई कुनै विषयमा सुझाव दिनुपर्ने भए समितिका सदस्यसँग समेत समन्वय गर्न सुझाउनु भयो ।

    यसअघि सो विधेयक प्रदेशसभामा टेबुल नै नभई फिर्ता भएको थियो । मुख्यमन्त्री कँडेलले अब सो घटना नदोहोरिने विश्वास व्यक्त गर्नुभयो  । सरकारले विधेयक दर्ता गरिसकेपछि त्यसलाई पारित गराउने जिम्मेवारी प्रदेशसभाको भएको बताउदै उहाँले जतिसक्दो चाँडो विधेयक पारित गराउनेतर्फ सरकारको ध्यान जाने बताउनु भयो ।

    विधेयक छ वर्षदेखि प्रदेशसभाबाट पारित हुन नसकेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलन संस्थाले आजै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शनसमेत गर्नुभएको  थियो ।


    तेस्रो आँखा