• ट्रेण्डिङ्ग :
सेयर बजारमा ३१.४३ अंकको गिरावट

सेयर बजारमा ३१.४३ अंकको गिरावट


  • 2.0K
    SHARES
    • पौष ४, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.1K Views

    सेयर बजारमा ३१.४३ अंकको गिरावट

    काठमाण्डौ ४ पुस । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१.४३ अङ्कले घटेर दुई हजार पाँच सय ९६ दशमलव ८२ विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    आज नारायणी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

    आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो चार अर्ब २७ करोडको शेयर किनबेच भएकोमा आज तीन सय १० वटा कम्पनीका ९८ लाख ३२ हजार कित्ता शेयर चार अर्ब ७६ करोड रुपैयाँमा किनबेच भयो ।


    तेस्रो आँखा