• ट्रेण्डिङ्ग :
जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प

जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प


  • 4.1K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.3K Views

    जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प

    जाजरकोट, ११ पुस । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ बजेर ३६ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार भूकम्प ४.२ म्याग्निच्युडको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।जाजरकोटमा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार

    आज बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोटको नायकवाडा केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। राजनधानी काठमाडौंमा पनि यसको धक्का महसुस भएको थियो। यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

    गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा क्षति गराएको थियो। 

    २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो ।


    तेस्रो आँखा