• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेप्से परिसूचक सामान्य अंकले बढ्यो


  • 2.0K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 3.1K Views

    नेप्से परिसूचक सामान्य अंकले बढ्यो

    काठमाडौँ ११ पुस । सेयर कारोबार मापक नेप्से परिसूचक ४.१९ अंकले बढेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २६३०.७१ विन्दुमा बन्द भएको छ । कुल ७० कम्पनीको सेयर मूल्य बढ्यो भने १६३ कम्पनीको घट्यो । यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

    images

    आज ६१ हजार ८३९ पटकको सेयर किनबेचबाट ५ अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच भए । कुल १३ उपसमूहमध्ये चार वटा उपसमूह मात्रै बढ्यो । बाँकी उपसमूहहरु घटे ।

    बढ्ने उपसमूहहरुमा बैकिङ, इन्भेष्टमेन्ट, लघुवित्त र व्यापार उपसमूह बढे । घट्ने उपसमूहहरुमा विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमालगायत रहे ।


    तेस्रो आँखा