• ट्रेण्डिङ्ग :
दैलेखमा जीप दुर्घटना हुँदा ८ जना घाइते

दैलेखमा जीप दुर्घटना हुँदा ८ जना घाइते


  • 3.2K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 5.0K Views

    दैलेखमा जीप दुर्घटना हुँदा ८ जना घाइते

    दैलेख, ११ पुस । दैलेखमा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारका अनुसार बिहीबार दिउँसो सदरमुकामदेखि बेस्तडा बजार जाँदै गरेको कर्णाली प्रदेश क.प्र ०२ ००१च०५३५ नम्बर को जिप नारायण नगरपालिका–८ स्थित सिमाडा नजिकै दुर्घटना भएको हो ।

    images

    दुर्घटनामा परी ८ जना घाइते भएको हो । गाडी सडकभन्दा तल खसेको छ । घाइतेहरुलाई दैलेख जिल्ला अस्पताल लगिएको छ । साथै घाइतेहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 


    तेस्रो आँखा