• ट्रेण्डिङ्ग :
नेप्से परिसूचकमा ३३ अंकको गिरावट

नेप्से परिसूचकमा ३३ अंकको गिरावट


  • 2.9K
    SHARES
    • पौष १६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.4K Views

    नेप्से परिसूचकमा ३३ अंकको गिरावट

    काठमाडौँ, १६ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३३ अंकले घटेको छ । २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो । 

    images

    मंगलबार कारोबार बन्द हुने अन्तिम आधा घण्टामा भने परिसूचक १९ अंकले उक्लियो । 

    मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको सेयर कारोबार भयो । 

    मंगलबार सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो । 

    मंगलबार फाइनान्स समूहको मूल्य ५।१९ प्रतिशतले घटेको छ । त्यस्तै नारायणी विकास बैंक, गुह्येश्वरी मर्चेन्ट र बोटलर्स नेपाल तराईको मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ । 


    तेस्रो आँखा