• ट्रेण्डिङ्ग :
बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु

बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु


  • 2.2K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.4K Views

    बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु

    सर्लाही, १७ पुस । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु भएको छ। बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बिओपी)मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई बसले ठक्कर दिंदा उनको मृत्यु भएको छ । 

    images

    मंगलबार बेलुका सवा ९ बजे बागमती प्रदेश०१–००६ख २००४ नम्बरको यात्रुबहाक बसले तुलाधरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए । उनको शव प्रादेशिक अस्पताल मलंगवामै रहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

    प्रहरीले घटनास्थलबाट बसचालकसहित तीन जनालाई पक्राउ गरेको छ । 


    तेस्रो आँखा