• ट्रेण्डिङ्ग :
शेयर बजार सामान्य बढ्यो

शेयर बजार सामान्य बढ्यो


  • 2.4K
    SHARES
    • पौष १७, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 3.6K Views

    शेयर बजार सामान्य बढ्यो

    काठमाण्डौ १७ पुस । बुधबार शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० विन्दुमा पुगेको छ ।

    images

    आज बैंक, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    आज त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार बढेको दिन सपोर्ट माइक्रोफाइनान्स कम्पनीको शेयर भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

    आज नेप्से बढे पनि कारोबार रकम भने निकै घटेको छ । हिजो पाँच अर्ब ६७ करोडको शेयर कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका ९४ लाख ३४ हजार कित्ता शेयर तीन अर्ब ५९ करोड रुपैयाँमा किनबेच भएको छ ।


    तेस्रो आँखा