• ट्रेण्डिङ्ग :
लामिछानेसहित ३९ जना विरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

लामिछानेसहित ३९ जना विरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता


  • 2.1K
    SHARES
    • पौष २१, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.3K Views

    लामिछानेसहित ३९ जना विरुद्ध काठमाडौंमा पनि मुद्दा दर्ता

    काठमाडौं, २१ पुस  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

    images

    सभापति लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीमा अदालतमा मुद्दा दर्ता भएको हो ।

    लामिछानेसहितले काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोप छ ।

    जिल्ला सरकारी वकिल कार्यालयले आइतबार दर्ता गरेको अभियोजन पत्रमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

    स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न रविसहित जीबी राई, पूर्वडीआईजी छविलाल जोशी, दीपक लामा, कुमार रम्तेल र नवीन अछामीसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो ।


    तेस्रो आँखा