काठमाडौं २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित एक जना पक्राउ गरेको छ । भन्सार छली गरी लैजान लागेको करिब ६१ ग्राम तौल बराबरको सुनजस्तो देखिने धातुको ढिक्का १ थान र औंठी १ थानसहित चितवन भरतपुर महानगरपालिका- १२निवासी २५ वर्षीय संजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
एयर इन्डियाको उडानद्वारा दोहाबाट काठमाडौं आएका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट उक्त धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
