काठमाडाैं,२६ फागुन । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो ।
हिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार मृत्तकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।
स्थानीयका अनुसार बसमा करिव २०-२२ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।
थप विवरण आउन र सनाखत हुन केही समय लाग्ने उनले जानकारी दिए । दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।
