• ट्रेण्डिङ्ग :
संखुवासभा दुर्घटना अपडेट : १० जनाको पहिचान खुल्याे

संखुवासभा दुर्घटना अपडेट : १० जनाको पहिचान खुल्याे


  • 8.3K
    SHARES
    • फाल्गुण २६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    संखुवासभा दुर्घटना अपडेट : १० जनाको पहिचान खुल्याे

    संखुवासभा, २६ फागुन। संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ। बस दुर्घटनामा मृत्यु हुने १० जना र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। 

    images

    मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औशीडाँडाका ३० वर्षीय विपीन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–५ का ४५ वर्षीय दिपक दाहाल, ५२ वर्षीय श्याम शेर्पा र ५५ वर्षीय भवानी दाहाल, मादी–६ का ३८ वर्षीय इन्द्रबहादुर अधिकारी, ३८ वर्षीय आइतबहादुर तामाङ, ३५ वर्षीया सविता राउत कार्की, मादी–६ कि अञ्जना कटुवाल र मादी–५ की दिशा कटुवाल रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। 

    दुर्घटनामा मृत्यु भएका एक पुरुष, दुई महिला र एक बालकको पहिचान खुल्न बाँकी रहेको सुवेदीले जानकारी दिए। बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस  दुर्घटनामा परेको थियो।

    बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो। बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने डिएसपी सुवेदीले बताए। 

     घाइते हुनेमा मादी–५ का सुवाष गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन्। दुर्घटनामा घाइते भएका पाँच जनाकै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं लैजाने तयारी भइरहेको छ।
     


    तेस्रो आँखा