• ट्रेण्डिङ्ग :
१०१ किलो गाँजासहित कुर्मी पक्राउ

१०१ किलो गाँजासहित कुर्मी पक्राउ


  • 2.8K
    SHARES
    • पौष २८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.2K Views

    १०१ किलो गाँजासहित कुर्मी पक्राउ

    काठमाडौं । पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागू औषध गाँजा, चरेस र अफिम सहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ । चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त कारबाट लागू औषध बरामद भएको हो ।

    images
    Photo2.jpg
    Photo1.jpg

    Photo3.jpg


    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक, डीएसपी  श्यामु अर्यालका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाइ १०१ किलो गाँजासहित पक्राउ गरिएको छ । 
    पक्राउ परेका मध्ये दुई जना भारतीय रहेको उनले जानकारी दिए । भारतको हरियाणाका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेको उनले बताए । थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डमा चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिक पनि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् ।  प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा