• ट्रेण्डिङ्ग :
मकवानपुरमा सडेको अवस्थामा शव फेला

मकवानपुरमा सडेको अवस्थामा शव फेला


  • 2.8K
    SHARES
    • माघ १, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.3K Views

    मकवानपुरमा सडेको अवस्थामा शव फेला

    हेटौँडा, माघ १ । मकवानपुरमा एकजना वृद्धको शव सडेको अवस्थामा फेला परेको छ । मकवानपुरको कैलाश गाउँपालिका –७, भार्ताका ७० वर्षीय टिकाराम प्रजाको भीमफेदी गाउँपालिका –२, रिठेडाँडामा सडेगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

    images

    सोमबार ११ बजेर ३० मिनेटको समयमा प्रजाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । घटनास्थलमा पुगेर प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो । 

    कात्तिक १४ गते भीमफेदी–९ मा भान्जी पम्फा चेपाङको घर जाने क्रममा प्रजा हराउनुभएको थियो । टिकरामका भान्जा रामहरि प्रजाले मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मामाको खोजी गरिदिन निवेदन दर्ता गराउनुभएको थियो ।

    मृतकले लगाएको कपडा र साथमा रहेको झोलाको आधारमा सनाखत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।


    तेस्रो आँखा